आमोई [Aamoi]
DETAILED SUMMARY / BACK COVER
नेपाली साहित्यका हस्ताक्षरित व्यक्तित्व गोपाल सञ्जेल सामाजिक विकासमा समेत अग्रणी भूमिकामा भेटिन्छन् । ललितपुरका रैथाने सजेल मूलतः कवि, निबन्धकार र उपन्यासकार हुन्। उनका 'उज्यालो बाटोतिर' र 'निःशब्दका शब्द' कवितासङ्ग्रह, 'मै हराएँ आज' गजलसङ्ग्रह र 'मभित्र म खोजेर' हाइकुसङ्ग्रह प्रकाशित छन् । सञ्जेलका 'पत्थर पगाल्द'सँगै एक हातका औंलाजति निबन्ध कृतिहरू छन्। मार्मिक द्वन्द्वकथा समेटिएको उपन्यास 'बिस्मात' र लघु उपन्यास 'अयोग्य'को सफलतापछि 'समय-रेखामा आमोई पाठकमाझ पस्किएका छन्। आमोईले बाँचेको एक शताब्दी समयलाई मौलिक काँठे आञ्चलिकतामा बुनिएको यो एक भरभराउँदो जीवन्त औपन्यासिक कृति हो। - साझा प्रकाशन