अनाैठो मुलुक अनाैठा अनुभूति [Anoutho Muluk Anoutha Anubhooti]
DETAILED SUMMARY / BACK COVER
नियात्राकार चन्द्रप्रसाद भट्टराई दक्षिणी प्रशान्त महासागरीय क्षेत्रको सुन्दर देश पपुआ न्युगिनी सरकारको अर्थमन्त्रालय अन्तर्गत सल्लाहकार भई त्यस देशमा चार वर्ष बस्दा उनका अनेकौं रोचक अनुभूतिहरूको सङ्ग्रह हो यो कृति । नेपालीहरूलाई कम जानकारी भएको त्यस देशका मानिस, भाषा, संस्कृति, जनजीवन, चाडपर्व, खानपिन, प्राकृतिक सम्पदा, इतिहास, भूगोलका कुराहरू पाठकहरूलाई नौला लाग्ने छन् । भाषा सलल्ल बगेको छ, शैली मनमोहक छ । यात्रामा आपूसँगसँगै पाठकलाई डोर्याएका छन् । डा तारानाथ शर्माको भूमिका छ ।नेपाल, बेलाइत र अमेरिकाका विश्वविद्यालयहरूमा अध्ययन गरेका विकास अर्थशास्त्री भट्टराई लगभग चार दशकअघिदेखि आर्थिक–सामाजिक विकाससँग सम्बन्धित विषयहरूमा नेपाल र विदेशमा अध्ययन–अनुसन्धान र परामर्श कार्यमा संलग्न छन् । उनी नियात्रा समाज नेपालका अध्यक्ष हुन् ।