अंशुवर्मा [Anshubarma]
DETAILED SUMMARY / BACK COVER
डा. बलराम कायस्थ सह-प्राध्यापक त्रिभुवन विश्वविद्यालय विभागीय प्रमुख (इतिहास विभाग ) भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर “यदि व्यक्तिमा हिम्मत, साहसका अतिरिक्त योग्यता, क्षमता र चातुर्यता जस्ता गुणहरू निहित छन् भने त्यस व्यक्तिले आफ्ना सामु आइपर्ने जस्तोसुकै कठिनतम परिस्थितिलाई पनि आफ्नो अनुकूल पारेर परिस्थितिलाई आफ्नो दास बनाउन सक्दछ भन्ने पाठ हामी अंशुवर्माको इतिहासबाट सिक्न सक्छौं ।" - प्रा.डा. ज्ञानेन्द्र पौडेल अध्यक्ष नेपाल इतिहास संघ, काठमाडौं "अंशुवर्मा नेपाली माटोमा जन्मिएका नेपाल आमाका एक सच्चा सपूत थिए, जसले जीवनभर निस्वार्थ रूपले नेपाल र नेपाली जनताको सेवा गरे । यसैले इतिहासमा उनको नाम स्वर्ण अक्षरले लेखिन पुग्यो । वास्तवमा राज्यसत्ताको सर्वोच्च स्थानमा पुग्ने प्रायःजसो शासकहरू आफ्नै स्वार्थ मोहमा फस्ने गर्छन् । तर उनी कहिलै यस्तो स्वार्थका पछि लागेनन् । यदि उनले चाहेका भए जङ्गबहादुरले जस्तै आफ्नै वंशको शासनको सुत्रपात गर्न सक्थे । तर उनले यस्तो कपटपूर्ण राजनीतिमा ध्यान दिएनन् ।.. अतः अंशुवर्मा जस्ता योग्य र सक्षम राजनेताको आवश्यकता वर्तमान जटिल राजनीतिक परिस्थितिमा झनै देखिएको छ । राष्ट्रिय स्वाभिमानलाई बचाई राख्न अहिलेका नेताहरूले उनीबाट धेरै कुरा सिक्न सक्छन् ।" - अ.प्रा. सह-प्रा. हेमन्त शम्शेर राणा