अशून्यम् [Ashunyam]
DETAILED SUMMARY / BACK COVER
अशून्य शून्य हुँदै एक अनेक हुने प्रक्रियाभित्र ०-१ को गणितीय प्रयोग यस पुस्तकमा गरिएको छ । सूक्ष्म अवस्थामा रहेको स्थिरता, जो शून्य र निरपेक्ष तत्व हो र यसबाट संसार र समयको शुरुवात हुन्छ। ० बाट १ हुने बित्तिकै सृष्टि भयो र समय पनि जोडिन पुग्यो । वैदिक दर्शनमा उल्लेखित एकोऽहं बहु स्यां प्रजायेयले यो पूरा ०-१ र त्यसपछिको अनन्तता अनेक संसारको सूत्रलाई अन्तर्निहित गरेको र जताततै शून्य नै चरितार्थ भएको पाइन्छ। अशून्यमा शून्य छ र एक बन्छ अनि अनेक। केही पनि नभएको अशून्य, जसलाई शब्दले बोल्न सक्दैन, हुनुपर्ने नभएको शून्य। यो संसार-ब्रह्माण्ड सबै कल्पनामा सापेक्षित छन् र धमाधम रूपान्तरण भइरहेका छन् अर्थात् कुनै पनि कल्पना-शक्तिहरू भौतिक अवस्थामा परिणत हुँदै जाने क्षमता राख्दछन्। कुनै अवस्था नै नभएको चेतनाबाट विकल्प अर्थात् कल्पना उठेर यो विशाल ब्रह्माण्ड भएको देख्नु केवल भ्रम मानौं कि साँचो कल्पना, वास्तविक होइन। यही नै कुराको बोध नहुँदा यही नै कारण बनी संसार फैलिरहेको जस्तो अनुमान स्वाभाविक लाग्छ।