अतिक्रमणको चपेटामा लिम्पियाधुरा-लिपुलेक [Atikramanko Chapetama Limpiyadhura Lipulek]
DETAILED SUMMARY / BACK COVER
'अतिक्रमणको चपेटामा लिम्पियाधुरा-लिपुलेक' पुस्तक नेपालको पश्चिमी सीमासम्बन्धमा सोध र खोजमा आधारित अनुसन्धानमूलक पुस्तक हो । यस पुस्तकमा महाकालीको वास्तविक मुहान लिम्पियाधुरा रहेको तथ्य-प्रमाण सहितका ऐतिहासिक नापनक्शा, लिम्पियाधुरादेखि कालापानी लिपुलेक विशुद्ध नेपाली भूमि रहेको भन्ने तत्कालीन ईष्ट इण्डिया कम्पनीका दुर्लभ पत्राचार, नेपाल सरकारद्वारा लिम्पियाधुरा-लिपुलेक कालापानी सम्बन्धमा २०३० सालमा नेपाल सरकार परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित स्थलगत अध्ययन प्रतिवेदन, दार्चुला जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीहरुले लिम्पियाधुरा-लिपुलेक कालापानी सीमा अतिक्रमणबारे पठाएका गोप्य प्रतिवेदनहरु, लिम्पियाधुरा पूर्वमा अवस्थित हाल भारतद्वार अतिक्रमित कुटी, नाभी, गुन्जीका बासिन्दाहरुले तत्कालीन बैतडी मालमा बुझाएका मालपोतका रसिदहरु, ऐतिहासिक सन्धिसम्झौताका साथै थुप्रै अन्य दुर्लभ सामग्रीहरु समावेश छन् ।