भारत-नेपाल सीमावर्ती बाँध [Bharat-Nepal Simavarti Baandh]
DETAILED SUMMARY / BACK COVER
सामान्यतया दुई देशबीचको सीमारेखाबाट किलोमिटरको दूरीको क्षेत्रभित्र बनेको बाँधलाई 'सीमावती बाँध' भन्ने प्रचलन हेको छ। सीमावर्ती बाँध अक्सर दुवै देशको सहमतिमा दुवै देशलाई हित हुने गरी बनाइने प्रचलन रहेको छ । नेपाल र भारतबीच प्रायः सबै भारतीय सीमावर्ती बाँध तथा तटबन्धका सन्दर्भमा खिचलो परेको छ । कतिपय बाँध तथा तटबन्ध दशगजाभित्र पनि बनाइएका छन् । नेपालको भू-भाग डुबानमा पारेर भारतको खासगरी उत्तर प्रदेश र बिहारलाई बाढीबाट बचाउने कार्यलाई भारतको नेपालप्रति राम्रो मनसाय मान्न सकिदैन । प्रस्तुत 'भारत-नेपाल सीमावर्ती बाँध' पुस्तक यसै विषयवस्तुमा केन्द्रित छ ।