चङ्गा र बाँस [Changa ra Bans]
DETAILED SUMMARY / BACK COVER
लेखन - अमरकुमार प्रधान जन्म : २०११ मंसिर १७, स्थान : सानेपा, काठमाडौँ शिक्षा : एम.ए (नेपाली) उहाँ बालसंसार प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँले यस अघि 'अनौठो कलम' जस्ता बालचित्रकथाका साथै भाइ-बहिनीहरूका लागि धेरै किताब लेख्नुभएको छ । उहाँका कान्ति शान्ति, त्रिविध अमरका कथाहरूजस्ता कथासङ्ग्रह प्रकाशित भएका छन् । उहाँले तन्नेरी प्रतिभा सम्मान, सुनकोसी आमा सम्मान जस्ता धेरै पुरस्कार र सम्मान पाउनु भएको छ । चित्राङ्कन- ईशान परियार जन्म : २०४१ साउन ३, स्थान : टुटुङ्गा, पोखरा शिक्षा : बि. एफ. ए उहाँले चित्रकारिता विषयमा बि.एफए. गर्नुभएको छ । उहाँले नेपालमा र विदेशमा समेत आफ्नो चित्रकला प्रदर्शनी गर्नुभएको छ । उहाँले यसअघि कप्तान कुक, कर्मले बने बुद्धका साथै धेरै बालपुस्तकमा चित्र बनाउनु भएको छ । उहाँले सीताश्री पुरस्कार, प्रशान्त स्मृति पुरस्कार लगायत अन्य पुरस्कार र सम्मान पाउनु भएको छ ।