छोटु [Chhotu]
DETAILED SUMMARY / BACK COVER
"छोटु" सस्मारणात्मक कृति : संघर्ष, सपना, संकल्प र सफलताको दस्तावेज । भोकले पेट पोल्दासमेत अक्षरको भोक मरेन। सानै उमेरमा भारतमा साहुको घरमा भाँडा माझ्न बाध्य "छोटु" को सपना कहिल्यै सस्तो भएन। जुठा भाँडाको माझबाट उठेको हातले कलम समात्यो, र संघर्षकै बाटो हुँदै सपना पूरा गर्यो। यो संस्मरण मात्र होइन, नेपाली समाजका लाखौँ श्रमजीवीको प्रतिनिधि कथा हो। अभाव, पीडा र अपमानको छायाँबाट उम्किएर इमानदारिता, परिश्रम र अठोटको उज्यालो यात्रामा डोर्याउने दस्तावेज हो "छोटु।" नेपालको सामाजिक यथार्थ, निम्नवर्गीय बालकको सपना र अभावको पाठशालामा हुर्किएको जीवनको उज्यालो यात्रा यही हो छोटुको सार। अभाव,पढाइ, प्रेम, पेशा र प्रतिष्ठासम्मको यात्रा पार गरेको यथार्थ चित्रण हो "छोटू"। सपना गरिब हुँदैन, संकल्प ठूला हुनुपर्छ भन्ने आदर्श बोकेको "छोटु" ले पाठकको हृदय छोएको छ। त्यसैले होला साहित्यपोस्टको मूल्यांकनमा गैर आख्यान पुरस्कारको अन्तिम सूचीमा उत्कृष्ठ ३ मा परेको पनि छ । कोही भन्छन्, "यो मेरो पनि कथा हो", कोही भन्छन्, "यो त हाम्रो समाजकै ऐना हो"। सपना सस्तो थिएन, संकल्प अडिग थियो। यही थियो ‘छोटु’को शक्ति।"