चित्रभित्र लुकेका शब्द [Chitrabhitra lukeka shabda]
DETAILED SUMMARY / BACK COVER
विज्ञता कार्की जन्म : २०५८/४/२२ विद्यालय : एम्विस्न एकेडेमी पुरानो वानेश्वर गायत्री बिष्ट जन्म : २०२८/८/५ सलम्बुटार, साँखु, काठमाडौँ भाइ बहिनी ! यो पुस्तकका चित्रकार विज्ञता कार्की हुनुहुन्छ । उहाँ तपाईंहरूजस्तै सानी र प्यारी हुनुहुन्छ । उहाँका चित्रहरू हेरेर उहाँकी आमा गायत्री बिष्टले कविता लेख्नु भएको हो । तिनै चित्र र कविता मिलाएर चित्रभित्र लुकेका शब्द पुस्तक बनेको छ । आहा ! कति राम्रो काम हगि । छोरी चित्र कोर्ने, आमा कविता लेख्ने । मिलिजुली काम । सहसिर्जनाको एउटा राम्रो नमुना । यस्तो राम्रो बालपुस्तक प्रकाशन गर्न दिनुभएकोमा बालचित्रकार विज्ञता कार्की र साहित्यकार गायत्री बिष्टमा न्यानो धन्यवाद ।