देउता बनाउने मान्छे [Deuta Banaune Manchhe]
DETAILED SUMMARY / BACK COVER
देउता बनाउने मान्छे कालु कुमालेको जीवन कथा हो तर यसले एक व्यक्तिको जीवनका उतारचढावहरू मात्र नभई कुमालेहरूको इतिहास र ज्ञान प्रणालीलाई पनि उजागर गरेको छ। आफ्नो कलाको मूल्य नै चाल नपाई कलाकर्ममा समर्पित कालुले नाम, पैसा सबै प्राप्त गरे। सामाजिक कार्यमा सधैं समर्पित कुमालेले विभिन्न मन्दिरको चोरी भएको देउता बनाइदिएका छन्। पाटन क्वाछेंस्थित बालकुमारी मन्दिरको भैरव, सतुंगलको वैष्णवी मन्दिरको अष्टमातृका गण, ज्वागल धटलको धनवन्तरी बाराहीको मूर्तिलगायत उनैको कला हो। उपत्यकाका विभिन्न मन्दिर तथा गुम्बाहरूमा प्रतिस्थापित गरिएका मन्दिर एकसरो हेर्न र पुज्न पुगेपछि उनलाई लाग्छ उनी देउता बनाउने मान्छे हुन्।