देवकोटाका महाकाव्य [Devkotaka Mahakabya]
DETAILED SUMMARY / BACK COVER
आफैँलाई चिनाउने, रस दिने, प्राचीन सम्झाउने । मीठा व्यञ्जन ल्याउने, धन हुने, संसार ब्यूँझाउने || चिन्ता दूर भगाउने, समय नै स्वर्णाभ फर्काउने । ज्ञानीले पनि गाउने प्रियकथा आनन्द वर्षाउने || -शाकुन्तल जहाँ साँझ उषा धेरै बेरसम्मन् बसीकन । हिउँका टाकुराबाट सुनौला विश्व हेर्दछन् | बाटुला तीन घेरामा खात खात झिलीमिली । पाटा पाटा झझल्केका धधप्केका बली सुन ॥ -सुलोचना सानो बाद-खण्ड झैं गगनमा यो जिन्दगी बन्दछ कालो एक कलङ्क बन्छ जसले पानी दिनै बन्द छ । जो कर्तव्य छ वर्षिनै जलदको सो बर्षिदा बन्दछ मिथ्यातर्फ नगर्जिने न बिजुली बल्ने सधैँ अन्ध छ । -महाराणा प्रताप यो मनुष्य जुनि सुन्दर सार पाइने छ र कहाँ पछि क्यार ? जो न जान्दछ विलास स्वकीय जन्तु हो जगत्मा रमणीय ॥ -वनकुसुम एक महापुरूष त्यस्तो हो एउटा मानवताको प्रतिमा । एउटा मानव इतिहास । ऊ पनि एक ब्रहृमा हो प्रतीचीको । एक महापुरूष, एक मानवदास । आकृतिहरू तरल हुन्छन्, मृत्युको डरले कुसुम रून्छन्, गरूँलालाई निराशले छुन्छन्, गुँडका माउ उडेर बन्छन्, एकला बचेरा । -प्रमिथस