दिव्य ज्योतिष विज्ञान [Divya Jyotish Bigyan]
DETAILED SUMMARY / BACK COVER
पुस्तकमा ज्योतिष क्षेत्रका बारेमा आधारभूत विषयदेखि विस्तृत विषयहरुसम्म समावेश गरिएको देखिन्छ । यस पुस्तक ज्योतिष विद्याका विद्यार्थी, ज्योतिष विद्या अभ्यासरत ज्योतिषी, वैदिक धर्म संस्कृतिप्रति रुचि राख्ने, अध्यता, पण्डित, पुरोहित आदी सबैलाई उपयोगि छ। पुस्तकमा वैदिक ज्योतिषको शास्त्रसम्मत ज्ञान, ग्रहका बारेमा जानकारी, मेडिकल एस्ट्रोलोजी, ज्योतिष र शिक्षा, ज्योतिष र पेशा, राशिबारे जानकारी, पञ्चाङ्ग, संवत्सर, कुण्डलीबारे विस्तृत जानकारी समावेश गरिएका छन् । समय गणनाबारे जानकारी, विश्वका समय गणना पद्धति, अक्षांश र देशान्तरसम्बन्धी जानकारी, मलमास, भयात तथा भभोगबारे जानकारी, नाम जुराउने तरीका लगायतका विषय विस्तृत रुपमा समावेश गरिएको छ ।