दूरदर्शी राजा पृथ्वीनारायण शाह [Doordarshi Raja Prithivinarayan Shah]
DETAILED SUMMARY / BACK COVER
पृथ्वीनारायण शाह नेपालका एकीकरणकर्ताका रूपमा परिचित छन्। उनको जीवन र शासनको इतिहासमा उनको वैवाहिक सम्बन्धहरूको पनि विशेष भूमिका खेलेका छन्। उनका दुई विवाहहरू केवल व्यक्तिगत सम्बन्ध मात्रै नभई राजनीतिक गठबन्धन र शक्ति सन्तुलनका रूपमा महत्त्वपूर्ण थिए। अब हामी उहाँका पहिलो र दोस्रो विवाहको बारेमा रोचक तरिकाले बुझ्ने प्रयास गरौं।" पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भयो। यो विवाह राजनीतिक गठबन्धनको रूपमा गरिएको थियो। तर जब उनी आफ्नी श्रीमती लिन मकवानपुर गए, दरबारले उनलाई रित्तो हात फर्काए। मकवानपुरले गोर्खालाई सानो राज्य ठानी हेपेको कारण उनले केहि समय पछि मकवानपुरमाथि आक्रमण गरेर विजय प्राप्त गरे। यो युद्ध केवल राजनीतिक होइन, व्यक्तिगत अपमानको बदला पनि थियो। त्यसपछि उनले दोस्रो विवाह कासीको राजकुमारी नरेन्द्रराज्यलक्ष्मी देवीसँग गरे। उनी पृथ्वीनारायण शाहकी प्रमुख रानी भइन् र उनीबाटै प्रताप सिंह शाहको जन्म भयो I यसरि एउटीले अपमान दिइन् भने अर्कीले सम्मान। पृथ्वीनारायण शाहको वैवाहिक जीवनको संक्षिप्त र रोचक कथा तपाईंहरुलाई कस्तो लग्यो कमेन्टमा भन्नु होला I