एकासीका आवाज [Ekasika Aawaj]
DETAILED SUMMARY / BACK COVER
अराजकताको दलदलमा देश फसिरहेको देख्दा पनि , परचक्रीले चारै दिशाबाट डसिरहेको देख्दा पनि , सरकार जनताको गलामा पासोको डोरी कसिरहेको छ , तै पनि निरीह जनता चुपचाप दुलोभित्र बसिरहेको छ ! *** किन बोल्दैन कोही यहाँ अन्यायको विरुद्धमा ? किन होमिँदैन कोही यहाँ सुशासन ल्याउने युद्धमा ? कति सुत्छौ अझै तिमी अब त निकै ढिलो भैसक्यो , कुर्दा कुर्दै दशकौँ अनि तीन पुस्ता पनि गैसक्यो ! *** आवाज हुन् यी कविता मेरा तिम्रा ती सुप्त कर्णलाई , आह्वान हो यो मेरो चारै जाति अनि छत्तीस वर्णलाई , संसार अगाडि भागिसक्यो , हामी पछाडि छाडियौं सदा, चल्दैन देश यसरी अब उठाऊ सुदर्शन चक्र र गदा ! *** राष्ट्रको माया छ भने गरौं एक दृढ कबुल यहाँ , उठ , आऊ एक बनी फुकौं विद्रोहको बिगुल यहाँ !