गोर्खाली वीरता र शासकीय चाकरी [Gorkhali Birata Ra Shasakiya Chakari]
DETAILED SUMMARY / BACK COVER
यस पुस्तक गोर्खालीमाथि लेखिएका धेरैवटा पुस्तकहरुको अधोपान्तपश्चात लेखक आफैले बाँचेको देश, काल र परिस्थितिको अनुभव, अध्ययन र मुल्यांकन सम्मिलित परिष्कृत संकलन हो । यहाँ एक चेतनशील लेखकले स्वैरकल्पनामा डुबेरभन्दा यथार्थको धरातलमा उभिएर, गोर्खालीको गुणमात्र हैन, नकारात्मक पक्ष पनि उजागर गरेर र गोर्खालीको बलियो पक्षमात्र हैन, कमजोरी पनि नियालेर सन्तुलित ढंगबाट आफुलाई प्रस्तुत गर्ने जमर्को गरेको छ । निसन्देह, २०८ बर्षको ईतिहास र सन्दर्भ करिब ४०० पेजभित्र अट्न गाह्रो हुन्छ नै, त्यसैले गोर्खालीका सबै कुरा यसभित्र अटेको छ भन्ने मेरो जिकिर छैन तर एक स्वतन्त्र बौद्धिक लेखक (जो हिजो एक गोर्खा थिए) ले आफ्नो विरासतभित्र चियाएर त्यसभित्रको आफ्नो अन्तर्दृष्टि पस्कनु निश्चय नै सराहनीय कार्य हो । (साहित्यकार क्याप्टेन जगतराम राई "नवोदित" को पुस्तकसम्बन्धि भनाईको एक अंश)