हाम्रो स्कुल [Hamro School]
DETAILED SUMMARY / BACK COVER
लेखन: तेजप्रकाश श्रेष्ठ जन्म : २००३ पुस २२ जन्म स्थान : बैतडी शिक्षा : एम. ए. नेपाली नेपाल बालसाहित्य समाजका पूर्व अध्यक्ष श्रेष्ठले यसअघि घरभित्र क्या मज्जा, आफ्नै हिँडाइ आफ्नै चाल, आच्छु आच्छु जाडो, आफ्नो घर राम्रो घर, घुम्न गयो मेरो भाइ, पुतली, मुने पाठो, चाडपर्वलाई सलामजस्ता बालचित्रकथाका साथै धेरै किताब लेखेका छन् । उनले नेपाल भाषामा पनि बालसाहित्य लेखेका छन् । उनले साझा बालसाहित्य पुरस्कार, ईलोहँ ज्ञान ज्योति सिरपाजस्ता धेरै पुरस्कार र सम्मान पाएका छन् । उनको स्थायी ठेगाना शोणितपुर, थानकोट, चुनिखेल हो । चित्राङ्कन: स्व. एकाराम सिंह जन्म : २०२४ माघ जन्म स्थान : त्यौड, काठमाडौं शिक्षा : बि.एफ.ए चित्रकार सिंहले भाटभटेनी, भद्रकाली, महासत्वा, रेस्पबरी बुसेस, रमाइलो स्कुल गरी विभिन्न बालचित्र कथाका साथै बालसाहित्यका पुस्तकहरूमा चित्राङ्कन गरेका छन् । उनले नेवासस सर्वोत्कृष्ट बालचित्रकारिता पुरस्कार, राष्ट्रिय कथा प्रदर्शनी उत्कृष्ट पुरस्कारजस्ता धेरै सम्मान र पुरस्कार पाएका छन् । चित्रकारिताका साथै संस्कृतिका शोधकर्ताका रूपमा परिचित सिंहको २०७८ जेठ २४ गते निधन भएको हो ।