जिल खाइरहेको एक्काइसौ शताब्दी [Jil Khairaheko Ekkaisau Shatabdi]
DETAILED SUMMARY / BACK COVER
‘जिल खाइरहेको एक्काइसौं शताब्दी’भित्रका कवितामा प्रशस्त विविधता पाइन्छ । निजी भावनाका अभिव्यक्तिदेखि राष्ट्रिय राजनीति अनि गरिखाने वर्गको मुक्तिको कामना उनका कविताका विषय बनेका छन् । सङ्ग्रहित अधिकांश कविता सरल भाषा र छोटा आकारमा छन् । यो पुस्तक २०७८को “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार” विजेता पनि हो। वस्तु, विचार, स्थिति र यी जम्मै कुराले जेलिएको जिगज्याग’ जिन्दगीभित्र एउटा ठोस वर्तुल कविता जन्मिनु मात्र पनि सानो सङ्घटना होइन । एक सद्यः कवितासङ्ग्रह नै जन्मिनु झनै खास खबर हो | समकालीन नेपाली कवितामा शान्ति प्रियवन्दनाको उपस्थितिमाथि गौरवान्वित हुनुपर्ने कारणहरू कति बुलन्द छन्, यसभित्रका कविताले स्वयम् भन्न सक्छन् । सरिता तिवारी