कृषिमा क्षमता अभिवृद्धि [Krishima Chamata Avibridhi]
DETAILED SUMMARY / BACK COVER
यस पुस्तकमा 'वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र' (सिप्रेड) द्वारा देशमा सञ्चालित बेमौसमी तरकारी खेती प्रविधि, उत्पादनका क्षेत्र छनोटदेखि बजारको खोजी, संस्थागत विकास, जलवायु अनुकूलन खेती पद्धति, एकीकृत शत्रुजीव व्यवस्थापन, पर्यावरणीय प्रभाव न्यूनीकरण, खेतीले ल्याएको परिवर्तन, आयस्रोतको विविधीकरण आदि कृषि विकासका प्रयासहरू समाविष्ट छन् । यस हिसाबमा प्रस्तुत पुस्तक सिप्रेडका कामको तथ्यगत प्रस्तुति पनि हो । त्यसै गरी यस पुस्तकले कृषिकर्ममा परिवर्तन ल्याउने व्यक्तिगत, संस्थागत र सरकारी प्रयासलाई उत्साहित र प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।