मेरो काखमा बैनी [Mero Kakhama Baini]
DETAILED SUMMARY / BACK COVER
२०७० साल फागुनमा बालसाहित्यका स्वदेशी तथा विदेशी लेखकहरूको कार्यशाला भएको थियो । यसको संयोजन कथावाचक समाजले गरेको थियो । यो पुस्तक त्यसै कार्यशालाको उत्पादन हो । यो चित्रकथा ३ देखि ५ वर्षसम्मका बालबालिकालाई पढेर सुनाउनका लागि तयार गरिएको हो । ६-७ वर्षका भएपछि यसलाई उनीहरू आफैँले पढ्न सक्ने छन् । यसको परिष्कार तथा परिमार्जनमा डेनिस लेखक स्याली अल्सुलरको महत्त्वपूर्ण भूमिका रहेको छ । लेखन तेजप्रकाश श्रेष्ठ शोणितपुर, चुनिखेल नेपाल बालसाहित्य समाजका पूर्व महासचिव श्रेष्ठले यसअघि 'घरभित्र क्या मज्जा', 'आफ्नै हिँडाइ आफ्नै चाल', 'आच्छु आच्छु जाडो', 'आफ्नो घर राम्रो घर', 'घुम्न गयो मेरो भाइ', 'पुतली', 'मुने पाठो', 'चाडपर्वलाई सलाम' जस्ता बालचित्रकथाका साथै धेरै किताब लेखेका छन् । उनले नेपालभाषामा पनि बालसाहित्य लेखेका छन् । उनले 'साझा बालसाहित्य पुरस्कार', 'ईलोहँ ज्ञान ज्योति सिरपा', 'मैंया वासु स्मृति लोक साहित्य सम्मान' जस्ता धेरै पुरस्कार र सम्मान पाएका छन् । चित्राङ्कन ईशान परियार जन्म स्थान : बाग्लुङ धेरै पुस्तकमा चित्राङ्कन गरेका परियारको जन्म २०४१ साल साउन ३ गते बाग्लुङमा भएको हो । चित्रकला विषयमा एम.एफ.ए गरेका परियारले नेपाल र विदेशमा समेत आफ्नो चित्रकाला प्रदर्शनी गरेका छन् । उनले यसअघि 'कप्तान कुक', 'घुम्न गयो मेरो भाइ', 'हात्तीमाथि म', 'पछुतो' लगायत धेरै बालपुस्तकमा चित्राङ्कन गरिसकेका छन् । उनले 'सीताश्री प्रतिभा पुरस्कार', 'प्रशान्त स्मृति छात्रवृति' जस्ता सम्मान र पुरस्कार पाएका छन् । बालसंसार प्रा.लि. काठमाडौँ