मेरो पट्टु मेरो बिरालो [Mero Pattu Mero Biralo]
DETAILED SUMMARY / BACK COVER
झरीमा अलपत्र परेर रूझ्दै आएको बिरालो । रूखको टोड्काबाट झिकेर ल्याएको आँखा पनि नउम्रेको सुगाको बचेरो | एकैपल्ट हुर्किन्छन् । ती साथी बन्छन् । रमाउँछन् । बिरालो राति खटियामा उक्लन लागेको सर्पसित लड्छ । र, घरको प्यारो बन्छ । सुगा घरमा आउने - जानेलाई 'राम राम भन्छ र सबैलाई खुशी बनाउँछ । यी दुई निर्दोष प्राणीको जीवनमा त्यतिबेला उथलपुथल आउँछ, जब ती गाउँबाट बजारमा बसाइँ सर्छन् । लेखक बुद्धिसागरको यो अनुभूतिले पुराना दिनको स्मृति गाढा बनाएर ल्याउँछ । रोचक र सरल भाषामा लेखिएको यो पुस्तकले मानव र प्राणीबीचको प्रेमको अनौठो कथा भन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मेरो पट्टु मेरो बिरालो [MERO PATTU MERO BIRALO]
AUTHOR
BUDDHISAGAR
CATEGORY
Children & Teens
PRICE
Rs. 289.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937775434
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition