मेटामर्फोसिस [Metamorphosis]
DETAILED SUMMARY / BACK COVER
"काफ्का भनेको मेटामोर्फसिस , मेटामोर्फसिस भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाको यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् ।" -सरूभक्त अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो 'घुमुवा बिक्रेता पेशालाई निरन्तरता दिन सकेन । एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ । फ्रान्ज काफ्काको द मेटामोर्फसिस विश्व साहित्य बजारमा अत्यधिक रूचाइएको र कयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।