निरोगी चालचलन [Nirogi Chalchalan]
DETAILED SUMMARY / BACK COVER
‘निरोगी चालचलन’ ले शरीरको प्रतिरोधी स्वास्थ्यका प्रविधिक र व्यवस्थापकीय पक्षबारे जानकारी दिने सामग्री हो। यसले शरीरमा रोग लाग्नबाट जोगाउने रोकथाम उपायहरू बताउँछ। त्यस प्रक्रियालाई दिगो राख्न जीवन शैली परिवर्तनमा जोड दिन्छ। गलत जीवन शैलीलाई सकारात्मक हस्तक्षेप गर्न लगाउँछ। यसका लागि वैज्ञानिक प्रमाणहरू अघि सार्ने काम यस पुस्तकमा गरिएको छ। एकीकृत रुपमा परिचालित रणनीतिहरूद्वारा मानिसहरूको आफ्नो प्रतिरक्षा प्रणालीलाई चुस्त र लचिलो बनाउन पुस्तक सहयोगी साधन हो। पुस्तकबाट प्राप्त ज्ञानले संक्रामक रोगहरूको जोखिम कम गर्न मद्दत गर्नेछ। स्वास्थ्यमैत्री जीवनशैलीबाट प्रतिरोधी स्वास्थ्यस्थिति हासिल गर्न पाठकलाई सहयोग तथा उत्प्रेरित गर्नेछ। त्यसैले आफ्नो दैनिक जीवनमा तन्दुरुस्ती हासिल गर्न चाहने व्यक्तिहरूको लागि एक सहयोगी सामग्रीको रूपमा यसले काम गर्दछ। स्वस्थ आचरणलाई बढावा दिएर नै आफ्नो प्रतिरक्षा प्रणालीलाई अनुकूलन गर्न सकिने कुरामा जोड गरिएको छ। यस मार्गनिर्देशिकामा उल्लिखित प्रविधिहरू लागु गरेर आफ्नो प्रतिरक्षा लचीलोपनलाई बढावा दिन सकिन्छ। यसरी पाठकले आफ्नो जीवनशैली अद्यावधिक गर्न सक्दछन्। आफू मात्र नभएर समुदायलाई नै यसले योगदान पुग्नेछ।