फकलीको गाउँ [Phakaliko Gaun]
DETAILED SUMMARY / BACK COVER
नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर लेखकले यो पुस्तक तयार पारेका हुन्। यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाईस गुच्छाहरूको संगालोका रुपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसङ्गको संग्रह गरेका छन् । कृतिमा ऐँसेलुखर्कको चिट्ठा, मैले देखेको मधेश, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुङ्गोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोँच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खास्टो, हिमालपारिको जिल्ला जाँदा र मेलवर्न घुम्न जाँदा जस्ता शीर्षकमा लेखकले यात्रा गर्दा देखेका, भोगेका, अनुभव गरेका र ऐतिहासिक तथ्य पस्कनु भएको छ । धरणीमा मेरो यात्रा बाट सुरु गरिएको कृतिमा सम्बन्धित केही तस्वीरहरू पनि समावेस गरिएको छ ।