प्रज्ञा नेपाली शैक्षणिक व्याकरण [Pragya Nepali Shaikshik Byakaran]
DETAILED SUMMARY / BACK COVER
‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विशिष्ट विद्वान्हरू प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेख्नुभएको व्याकरण पुस्तक हो। हालसम्म बजारमा पुरानै पद्धतिमा लेखिएका व्याकरणहरू रहेको अवस्थामा नेपाली भाषाका सिपहरूको शिक्षण गर्न अति उपयोगी हुने किसिमले लेखिएको यो हालसम्मकै नवीन व्याकरण हुने विश्वाश गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा तयार पारिएको यो व्याकरण सबै तहका शिक्षक–विद्यार्थीका लागि त अति उपयोगी छ नै साथै मानक नेपाली व्याकरण जान्न, बुझ्न चाहने सबै व्यक्तिहरूका लागि पनि यो उत्तिकै महत्त्वपूर्ण बनेको देखिन्छ ।