रैथाने चाडबाड र खानपान [Raithane Chadbad ra Khanpan]
DETAILED SUMMARY / BACK COVER
नेपाली परम्परागत खानाले कसरी शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वास्थ्यको प्रवर्धनमा भूमिका खेल्दै मानिसमा सकारात्मक सोच तथा स्वस्थ र शालीन जीवनशैली निर्वाणमा बढवा दिइरहेको छ भन्ने तथ्यहरु पुस्तकले उजागर गरेको छ । पुस्तकमा पृथ्वीमा भएका सबै कुराहरू कसरी एक आपसमा जोडिएका छन् भन्ने बारे पनि प्रस्ट पारिएको छ। पुस्तकमा परम्परागत नेपाली खानाका औषधीय र आध्यात्मिक फाइदाका बारेमा विस्तृत जानकारी समेटिएको छ। नेपाली चाडपर्वहरू जस्तै दसैँ, दीपावली, चैते–दसैँ, माघे सङ्क्रान्ति, पन्ध्र–पौष आदि तथा विवाह, व्रतबन्ध, पूजाआजा लगायतका समयमा बनाइने नेपाली परम्परागत घरेलु परिकारका मौसम अनुरूप मानव स्वास्थ्य प्रवर्धनमा रहेको भूमिका र प्रभावबारे पुस्तकमा चर्चा भएको छ।