रमाइलो सपना [Ramailo Sapana]
DETAILED SUMMARY / BACK COVER
चित्रकथा रमाइलो सपना टर्कीको ‘नर पब्लिसिङ’ प्रकाशन गृहबाट प्रकाशित पुस्तक हो। उक्त प्रकाशन गृहले १६ वर्षदेखि निरन्तर पुस्तक प्रकाशन गर्दै आइरहेको छ। चित्रकथा रमाइलो सपना एउटा मुडुले केटोको कथा हो जो जुक्ति निकाल्न र बठ्याइँ गर्न एकदमै सिपालु हुन्छ। एकदिन ऊ गुलेली लिएर सिकार खेल्न जान्छ र चालिसवटा चराहरू मारेर घर फर्किरहेको हुन्छ। फर्किने क्रममा उसलाई लुटेराहरूको पहरेदारले समात्छ र उसको चराहरू खोसेर लान्छ । आफूले सिकार गरेको चरा लगेको भन्दै केटो अनेकौँ उपाय र तिग्डम अपनाएर चराहरू फिर्ता ल्याउन सफल हुन्छ। चरा फिर्ता लगेपछि लुटेराहरू केटोलाई खोज्न सुरु गर्छन् तर ऊ फेरि ती लुटेराहरूलाई आफ्नो जुक्ति र बठ्याइँमार्फत अस्पतालै भर्ना हुने अवस्थामा पुर्याउँछ। मुद्दा राजासमक्ष पुग्छ र राजाले ती लुटेराहरूलाई दरबारमा उपस्थित हुन आदेश दिन्छन् र केटोको खोजी सुरु हुन्छ। भेट्नेबित्तिकै राजाले उसलाई जेल कोच्न लगाउँछन्। अब केटोले जेलबाट निस्किन कुनै उपाय लगाउला ? बालबालिका लागि यो चित्रकथा एकदमै रोचक र ज्ञानमुलक हुनेछ। यो पुस्तकले बालबालिकामा पढ्ने बानीको विकास गर्नुको साथै अरु पुस्तक पढ्न उत्प्रेरित गर्ने छ।