राणाकालीन शिक्षा [Ranakalin Shiksha]
DETAILED SUMMARY / BACK COVER
* पहिलो परीक्षा नियन्त्रक को थिए ? उनको नियुक्तिको दस्तावेज देख्नुभएको छ ? उनलाई किन पदबाट हटाइयो ? * एसएलसीकि पहिलो सहभागी महिला को थिइन् ? उनको मार्क लेजरमा नाम देख्नुभएको छ ? * चन्द्रशमशेरको निधनपछि उनको दराजबाट के गोप्य लेखोट फेला पारिएको थियो ? त्यसमा ककसलाई पढाउन भनिएको थियो ? * पाठशालाहरु धमाधम खोल्न थालेकाले लखेटिएका देवशमशेरलाई चन्द्रशमशेरले के कारणले धपाउनु परेको भनी पत्र लेखेका थिए ? वि.स. १९१० बाट अंग्रेजी शिक्षाको औपचारिक थालनी भयो । राणाकालको १०४ वर्षको अवधिमा झाङ्गिएको शिक्षाको विकासक्रमका बारेमा खोजमुलक तथा ऐतिहासिक सामग्री सहितको यस पुस्तकमा राणाकालीन शैक्षिक लिखत, दस्तावेज आदि समावेश गरिएका छन् । यस पुस्तकमा हालसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएका छन् र यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुनेछ ।