सहकारी मार्गदर्शन [Sahakaari Maargadarshan]
DETAILED SUMMARY / BACK COVER
सहकारीका बारेमा सैद्धान्तिक एवम व्यावहारिक जानकारी दिने दर्लभकोटि पुस्तक हो-सहकारी मार्गदर्शन। देशकै अब्बल र सफल सहकारीमध्येको एक नेपाल बहुद्देश्यीय सहकारीलाई विगत २५ वर्षदेखि कुशल नेतृत्व प्रदान गर्दै आइरहेका लेखकले यस पुस्तकमा आफुले । देखेका सिकेका र व्यवहारमा लागु गरेका अनुभवहरु समावेश गरेका छन । सहकारीसम्बन्धी सर्वाधिक रुचाइएका कार्यपत्रहरुको सम्पादित अंश तथा । आममानिसको जानकारीका लागि विभिन्न समयमा लेखिएका जानकारीमुलका लेखहरू पनि समावेश छन् । तिनमा तत्कालीन समयकै तथ्याङ्क उल्लेख छ। साथमा सहकारी ऐन २०७४ को विश्लेषण पनि समावेश छ। सहकारीका बारेमा बुझ्न चाहनेहरुका लागि अति उपयोगी छ यो पुस्तक । सहकारीलाई कसरी सफल बनाउने भनेर छटपटाइरहेका सहकारीका सञ्चालक तथा शंधर सदस्यहरुका लागि यसले सञ्जीवनीको काम गर्न सक्दछ ।