संस्कृति [Sanskriti]
DETAILED SUMMARY / BACK COVER
'डा. गोविन्द टण्डन धर्म-अध्यात्म, पशु अधिकार एवं पशुकल्याण, पशुवलि निषेध चेतना अभियानका साथै सम्पदाको संरक्षण, संवर्द्धनको क्षेत्रमा समर्पित व्यक्तित्व हुन् । बत्तीसपुतलीस्थित प्रसिद्ध श्रीरामचन्द्र मन्दिर उनकै दिशानिर्देशमा नेपालकै दर्शनीय मन्दिरहरूमध्ये एक बन्न पुगेको छ। सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन (साँचो जीवन निर्माण) का अध्यक्ष एवं त्यसैको मातृत्वमा स्थापित मानवसेवा आश्रमका प्रमुख संस्थापकका साथै प्रमुख संरक्षक पनि हुन् टण्डन । पशुपति क्षेत्रको सांस्कृतिक पक्षमा विद्यावारिधि गरेका टण्डनको पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन (दुई खण्ड) शीर्षकको पुस्तक प्रकाशित छ । डा. टण्डन नेपालको गुठीव्यवस्थाका अध्येता हुन् ।