सत्ता र सत्य [Satta ra Satya]
DETAILED SUMMARY / BACK COVER
जो पुँजीवादविरुद्ध नभईकन फासीवादविरुद्ध उभिन्छन्, जो बर्बरताबाट पैदा हुने बर्बरतालाई लिएर अलापविलाप गर्छन्, उनीहरू पाठालाई नकाटीकन पाठाको मासु खान मन गर्ने खालका मानिस हुन् । - बर्टोल्ट ब्रेख्त लौकिक बौद्धिकले प्रतिरक्षा गर्नुपर्ने प्रमुख कुरा विचार र अभिव्यक्तिको सम्झौताहीन स्वतन्त्रता हो । यसको प्रतिरक्षा गर्ने कार्यलाई तिलाञ्जलि दिनु वा यसको कुनै पनि आधारशिलालाई प्रदूषित तुल्याउने कार्यलाई सहयोग गर्नु भनेको वास्तवमा बौद्धिकको दायित्वप्रति विश्वासघात गर्नु हो । - एडवर्ड डब्लु सहिद विद्वान्, दार्शनिक र कलाकार पारम्परिक र भ्रष्ट खालका बुद्धिजीवी हुन सक्छन् । त्यसकारण आफू विद्वान्, दार्शनिक र कलाकार भएको दाबी गर्ने पत्रकारहरू पनि आफूलाई 'सच्चा' बुद्धिजीवी मान्छन् । - एन्टोनियो ग्राम्स्की व्यक्तिहरूको चेतनालाई पङ्गु तुल्याउने कार्यलाई म पुँजीवादको सबैभन्दा ठुलो खराबी ठान्छु । हाम्रो सिङ्गो शिक्षा-पद्धति यस खराबीबाट ग्रस्त छ । विद्यार्थीका दिमागमा एकदम बढाइचढाइ गरेर प्रतिस्पर्धा गर्ने प्रवृत्ति घुसाइन्छ र उसलाई उसको भावी वृत्तिको तयारीका रूपमा साहै्र लालची सफलताको पूजा गर्ने प्रशिक्षण दिइन्छ । - अल्बर्ट आइन्सटाइन