सुम्निमा पारुहाङ [Sumnima Paruhang]
DETAILED SUMMARY / BACK COVER
नाम: प्रवीण पुमा जन्म मिति : २०३५|१२|०७ जन्म स्थान : जन्तेढुङ्गा-५, पाथीभारा, खोटाङ, नेपाल । शिक्षा : एम.ए.(त्रि.वि.) / एम. फिल. ( अंग्रेजी, पो.वि.) । १. सर्मपित सेवा : उप-प्राध्यापक (२०७५ देखिहालसम्म) क्याम्पस प्रमुख (२०७५ देखि २०७९ सम्म) सिनास क्याम्पस, काठमाण्डौ, नेपाल । २. प्रमुख कृतिहरू : २.१. सुम्निमा ( नाटकसङ्ग्रह-२०५३) २.२. हेन्खामा - निनाम्मा ( मिथकसङ्ग्रह - २०५४) २.३. दोङवाङ- दोङदापा (संस्कृति-२०६१) २.४. सुम्निमा (चलचित्र - २०६२) २.५. सुम्निमा - पारुहाङ (नाटकसङ्ग्रह - २०६५) २.६. हेत्छाकुप्पा (नाट्यकृति - २०६६) २.७. निनाम्मा (नाटकसङ्ग्रह–२०६७) २.८. साया (नाटकसङ्ग्रह-२०६९) २.९. होङछा (नाटकसङ्ग्रह-२०७१) २.१०. बुढाहोङ मुन्दुम : परिचय, पाठ र विश्लेषण (२०७२,आजउराप्र नेपाल सरकार) २.११. पारूसेवा मुन्दुम : परिचय, पाठ र विश्लेषण (२०७४,आजउराप्र नेपाल सरकार) ३. उपाधि/सम्मान ३.१. सर्वोत्कृट अभिनेता-२०५५ ३.२. सर्वोत्कृट निर्देशक- २०५६ ३.३. उत्कृट नाट्य प्रस्तुति तेस्रो स्थान -२०५९ (सांस्कृतिक संस्थान, नेपाल सरकार ) ३.४. उत्कृठ नवप्रतिभा सम्मान - २०५९ ३.५. उत्कृट नाट्य प्रस्तुति पुरस्कार - २०६३ (नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल सरकार) ३.६. उत्कृट नाट्यप्रस्तुति पुरस्कार-२०७२ (नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, नेपाल सरकार ) ३. ७. पुर्वाञ्चल क्षेत्रीय प्रतिभा पुरस्कार -२०७४ (नेपाल सरकार, संस्कृति, नागरिक तथा पर्यटन मन्त्रालय) ३.८. सर्वोत्कृष्ठ चलचित्र लेखन उपाधी - २०७४ ( आदिवासी चलचित्र महोत्सव, अमेरिका) ३.९. जुपिटर सम्मान - २०७४ ( जुटोसुस) ३.१०. भिमु सम्मान - २०७५ (भिमुमेट) ३.११. चलचित्र सम्मान -२०७६ (किराचस) नाट्यकर्मी प्रवीण पुमाको सुम्निमा- पारुहाङ नाटयकृति मञ्चनको दृष्टिले उपयोगी छ । यसलाई जस्तोसुकै ठाउँमा पनि प्रस्तुत् गर्न सकिन्छ । यस नाटकलाई पढ्दा कौतुहलता आउँछ भने, निश्चय नै मञ्चन गर्दा अझ बढी रोचकता आउने नै छ । पुमा आफै पनि एक प्रशिक्षित नाट्यकर्मी भएकोले पनि यो नाटक प्रस्तुत गर्दा निर्देशकलाई आफ्नो कल्पनाशीलता र सिर्जनाशीलतालाई प्रयोग गर्ने यथेष्ठ ठाउँहरू दिइएको छ ।