स्वस्थ बालक [Swastha Balak]
DETAILED SUMMARY / BACK COVER
यो पुस्तक जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकाको स्वास्थ्य र रोगको समयमा नै उचित पहिचान गरी सही निर्णय लिनका लागि अति आवश्यक पर्ने ज्ञान, सिपलाई व्यावहारिक रूपमा उतार्न सक्ने उद्देश्यमा केन्द्रित भएर लेखिएको छ । ‘जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकाको स्वास्थ्यसम्बन्धी हातेपुस्तक’ योग्य र अनुभवी बाल तथा बाल मुटुरोग विशेषज्ञले लेखी पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ । यस पुस्तकमा शिशुको जन्मको सेरोफेरो, नवजात शिशुको स्वास्थ्य, बाल वृद्धि र विकासको क्रम, बालबालिकाको खाना, आमा बच्चा स्वास्थ्य निगरानी, बालबालिका र वातावरणीय स्वास्थ्य, बालबालिकालाई लिएर यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा, जन्मेपछि दिइने खोप, विद्यालयपूर्व उमेरका बालबालिकाका मनोरञ्जन तथा खेल, नेपालको बाल जनसङ्ख्यामा हुने स्वास्थ्य समस्या तथा रोगका साथै सामान्य रोगको पहिचान, प्राथमिक उपचार तथा हेरचाहसम्बन्धी विषयबारे सरल भाषामा प्रकाश पारिएको छ । यो पुस्तक स्तरीय नेपाली भाषामा लेखिनुका साथै आफूलाई चाहिएको शीर्षक छिट्टै खोज्न सक्ने गरी अनुक्रमणिका ९ष्लमभह० पनि तयार गरिएको छ । यहाँ लेखिएका जानकारी वैज्ञानिक रूपले प्रमाणित र अनुभवले व्यावहारिक हुनुका साथै अझ बढी जान्न चाहनेका लागि सन्दर्भ सूची पनि संलग्न छ । प्रस्तुत पुस्तकमा बालबालिकाको स्नेहपूर्वक हेरचाह गर्ने आमाबुवा, परिवारका सदस्य साथै हेरचाह, प्रारम्भिक सेवा र शिक्षामा समर्पित विद्यालयपूर्वका बाल सेवा संस्था (जस्तै प्ले ग्रुप, नर्सरी, किन्डरगार्डेन, डेकेयर, प्रिस्कुल आदि) मा कार्यरत समस्त हेरचाहक, शिक्षकशिक्षिका, परिचारिका, स्वास्थ्यसेवी, चिकित्सक, बाल विशेषज्ञ तथा भोलेन्टियरलाई अत्यन्त उपयोगी हुने सामग्री बुझ्ने गरी लेखिएको छ । साथै बाल स्वास्थ्य कार्यक्रम र नीतिनिर्माताका लागि दैनिक कार्यमा ठुलो मद्दत गर्ने र जहाँ पनि लिएर जान सक्ने उपयोगी हातेपुस्तकका रूपमा तयार गरिएको छ । यस पुस्तकमा स्वस्थ बालबालिकाको तौल, उचाइ तथा शारीरिक प्यारामिटरको जानकारीका साथै सामान्य र आकस्मिक बालरोग तथा स्वास्थ्य समस्या समाधानका उपायसम्बन्धी जानकारी भएकाले बालक, परिवार तथा स्वास्थ्य संस्थामा कार्यरत सबैको साथीका रूपमा लिन सकिन्छ ।