थेम्स किनार वरिपरि [Thames Kinar Waripari]
DETAILED SUMMARY / BACK COVER
नेपालका ७० जिल्लालगायत बेलायत, जापान, अमेरिका, चीन, संयुक्त अरब इमिरेट्स, स्वीट्जरल्यान्ड, फ्रान्स, दि नेदरल्याण्ड्स, बेल्जियम, इटली, लक्जमवर्ग, अस्ट्रिया, भारत आदि लेखक सरिता पराजुलीले नियात्रा लेखेर महानताको बाटो हिँडेकी छिन् । कोलम्बसले अमेरिकाको भ्रमण गरेर केही लेखेपछि यात्रा साहित्यमा तरङ्ग आयो । ह्वेन सॉंबले यात्रा गरे र वर्णन गरे । उनकै लेखन वृत्तान्तले साहित्य, संस्कृति, इतिहास, ब्यापार र विज्ञानसम्मका कयौँ ढोका खोल्न मद्दत पुग्यो । हाम्रै जङ्गबहादुरले पनि बेलायत यात्रा गरेपछि जङ्गबहादुरको बेलायत यात्रा लेखाइयो । यो पुस्तकको महत्त्व अद्यापि ठूलो छ । जङ्गबहादुरपछि धेरैले बेलायतको भ्रमण गरे, तर, थोरैले मात्र कृति लेखेर चर्चा पाए । ती थोरैमध्ये लेखक सरिता पराजुली पर्छिन् र उनको यो थेम्स किनार वरिपरि पर्छ । डा. दामोदर पुडासैनी ‘किशोर’