फर्केर हेर्दा [Farkera Herda]
DETAILED SUMMARY / BACK COVER
आफ्नो ७५ वर्ष भन्दा लामो जीवनयात्राका भोगाई, अनुभव र अनुभूति समेटेर निकालेको यो पुस्तक सतहमा हेर्दा व्यक्ति कृष्ण पोखरेलको जीवन कथा हो तर अन्तर्यमा पूर्वी तराईका सहर र देहातले विगत ७० वर्षमा व्यहोरेका राजनीतिक तथा सामाजिक परिवर्तनका आँधीहरूको एउटा कथा हो । - झलक सुवेदी कर्मले हामीलाई दिने उर्जाको आत्माभित्र सरु मेडम जीवन्त हुनुहुन्छ भन्ने ठानेकी छु । यदि सरु मेडमले जीवनका हर शक्तिहरूलाई कृष्ण सरमा समाहित नगरिदिनु भएको भए लगभग आठ दशकको हाराहारीमा रहेर जीवन देखिसक्नु भएको कृष्ण सरमा यो उर्जा, सिलसिलेवार रूपमा समेटिएको ज्ञान हामीले कसरी सुन्न र पढ्न पाउँथ्यौँ ! विषयवस्तुमा धाराप्रवाह सुस्पष्ट धारणा राख्न सक्ने वहाँका मूनि-प्रवचनले प्रभावित नहुने त को होला र ? -सीमा आभास