मोम्चो [Momcho]
DETAILED SUMMARY / BACK COVER
मेम्चो चेपाङ शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । पत्रकार तथा कथाकार पराजुलीले मोम्चो खास गरी नेपाली समाजमा विद्यमान नारीले भोग्नु परेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासँग सम्बन्धित नारीवादी विषय उठान गर्नुभएको छ । यस कृतिमा ११ वटा कथाहरू रहेका छन् । जसमध्ये मोम्चो शीर्ष कथा हो । यसको नामवाट कृतिको नाम नै राखिएको कथाकार पराजुलीले बताउनुभयो । पराजुलीले भन्नुभयो, “मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो ।” चेपाङ समुदायमा बालबिबाह हुने गर्दछ । कतिपयले यो समुदायमा बच्चाले बच्चा पाउँछन् भनेर भन्ने गर्दछन् । मेम्चोमा समसामाहिक विषय विस्तुमा केन्द्रित कथाहरु रहेका छन् ।