पर्पल हेज [Purple Haze]
DETAILED SUMMARY / BACK COVER
यो किताब पढ्नु पर्ने खास त्यस्ता पात्रहरूले हो, जो जिन्दगीभर अरूलाई इम्प्रेश गर्ने चक्करमा आँफू डिप्रेश भएर जिन्दगी बिताउन विवश छन् । यो कुरा बुझ्नुस् कि अज्ञानले गैंडाझै गह्रौं हुने मन ज्ञानले बेलूनभन्दा हलुका बनाइदिन्छ । मैले तपाईंहरू लाई बदल्न सक्दिन । तपाईंलाई बदल्ने तपाईं आँफैले हो । उही र उस्तै व्यक्तिहरूले बारम्बार तपाईंलाई ठगिरहन्छन् भने, यसको चाहिँ सम्पूर्ण दोष तपाईंलाई नै जान्छ । किनभने, तपाईं नै गैरजिम्मेवार, लापरवाह र महामूर्ख हुनुहुन्छ र एउटै गल्ती बारम्बार दोहोऱ्याइरहनु भएको छ । फसल उमार्न, बादल गर्जेर मात्र हुँदैन, हलो नै जोत्नुपर्छ । गलत मानिसले जतिसुकै मीठो बोले पनि, राम्रो गरे पनि एकदिन तिम्रा लागि बिमारी ल्याउँछ, ल्याउँछ तर राम्रो मानिसले जति सुकै नराम्रो बोले पनि, नराम्रो गरे पनि एकदिन औषधि बनेर तिम्रो काम लाग्छ । त्यसैले यो पनि छुट्याउन सक्नुपर्छ कि कसले नियतवश बनावटी राम्रो बोलिरहेको छ र को भित्रबाट राम्रो भएता पनि केही कारणवश नराम्रो बोलिरहेको छ ? (यस पुस्तकको बिक्रीबाट प्राप्त सम्पूर्ण मुनाफा असहाय, टुहुरा बालबालिका तथा विपन्न वृद्धवृद्धामा खर्च गरिनेछ ।)