वाह ! मेरो वडा कार्यलय [Wah! Mero Oda Karyalaya]
DETAILED SUMMARY / BACK COVER
यदि तपाईंलाई “यस्तो ठाउँमा बस्न पाए हुन्थ्यो” भन्ने अनुभूति कहिल्यै भएको छ भने, यो वडा तपाईंका लागि उपयुक्त हुन सक्छ। यहाँ जो–कोही बसाइँ सरेर आउन चाहन्छन्, पर्यटकहरू घुम्न लालायित हुन्छन्, र सहयोगी मन भएका मानिसहरू खुलेर सहयोग गर्न तत्पर देखिन्छन्। गाउँ छोडेर गएकाहरू आफ्नो पुख्र्यौली थलो फर्केर हेर्न आतुर हुन्छन्। यहाँ काम गर्ने कर्मचारीहरूले स्थानीयको मनमा कहिल्यै नबिर्सिने छाप छोड्छन्। राजनीति गर्नेहरू एकपटक जितेपछि सधैं जितिने आत्मविश्वास राख्छन्। यहाँ मानिसहरू बेरोजगारीको अनुभूति गर्दैनन्, स्वास्थ्य उपचारमा आफूलाई असहाय महसुस गर्नुपर्दैन। स्थानीय उत्पादन कहिल्यै नबिकेर बस्दैन। बालबालिकाहरू हरेक दिन विद्यालय जान उत्साहित हुन्छन्। सबैलाई एउटै भावना हुन्छ - “यो ठाउँ छाडेर आखिर कहाँ जाने?” छिमेकी गाउँमा बस्ने वा यहाँ घुम्न आउनेहरू पनि भन्छन्, “यो ठाउँमा बस्न पाए त स्वर्ग अझ नजिक हुने थियो।”